solution by unknown

 पाठको आधारमा उत्तर दिनुहोस्:

क) रासायनिक खेती र जैविक खेतीका बिचमा के फरक छ ? 
उत्तर   विषादी लगायत हानिकारक तत्त्व प्रयोग नगरी गरिने खेती जैविक हो । यसमा मानिस तथा जीवका लागि हानिकारक हुने तत्त्वको प्रयोग हुँदैन । तर  रासायनिक मल तथा कीट नाशक विषादीको प्रयोग गरेर गरिने खेती रासायनिक खेती हो भने परम्परागत जैविक वस्तुमा मात्र निर्भर रहेर गरिने खेती जैविक खेती हो । 

ख)   रासायनिक खेतीका बेफाइदाहरु के के हुन् ? 
उत्तर जैविक तत्त्वकै कमी भएर जमिन मरुभूमिमा परिणत हुने अवस्था सिर्जना हुन्छ । रासायनिक खेतीले बालीबिरुवाका मित्रलाई पनि असर पुर्याएको हुन्छ ।  शत्रु किराहरुको प्रतिरोधात्मक क्षमता बढ्न गई तिनलाई नियन्त्रण गर्ने क्र्रममा कडा विषादीको प्रयोेग गर्दा मानव स्वास्थ्यमा समेत गम्भीर असर पुग्न थालेको पाइन्छ । रासायनिक मलको प्रयागले कयान्सर, उच्च रक्तचाप, हृदयघात, मुटू, कलेजो र फोक्सो बिग्रिएको पनि पाइन्छ । यसरी रासायनिक मलको खेतीले मानव स्वास्थ्य, पर्यावरणीय सन्तुलन र जैविक विविधतामा गम्भीर सङ्कट उत्पन्न गर्नु यसका बेफाइदाहरु  हुन् । 

ग) विषादीको प्रयोगले मानव स्वास्थ्यमा के कस्तो असर गर्देछ ? 
उत्तर रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको पाइन्छ ।  यसले क्यान्सर, उच्च रक्तचाप, हृदयाघात, मुटू, कलेजो र फोक्सो बिग्रने खालका रोगलाई निम्त्याउँछ । यसरी विषादीको प्रयोगले मानव स्वास्थ्यमा अति नै गम्भीर असर गर्दछ । 

घ) पर्यावरणीय सन्तुलन र जैविक विविधताका बिचमा के अन्तर छ ? 
उत्तर  पृथ्वीमा रहेका बोट बिरुवा, कीट पतङ्ग, चराचरुङगी जनावर  मा परम्परामा निर्भर हुने कार्य नै पर्यावरणीय सन्तलन हो बोटविरुवाला गर्ने खराब जीवलाई यहीँ पाइने अन्य प्रकारका जीवहरू प्रयोग गरर नास्ने प्रक्रिया नै जैविक विविधता हो  
ङ) जैविक खेतीबाट कसरी आत्म निर्भरत बढाउन सकिन्छ ? 
उत्तर जैविक खेतीलाई  सर्वप्रथम रोजगारीको मुख्य आधार बनउनुपर्छ । नेपालको प्रकृतिक, भौगोलिक, सामाजिक, सांस्कृतिक पर्यावरण खेतीका लागि अनुकूल रहेकाले जैविक खेतीबाट प्रशस्त लाभ लिन सकिन्छ ।नेपालमा प्रशस्त मात्रामा जङ्गल, चरन सुविधा र पानीको स्रोत भएकाले जैविक खेतीलाई व्यावसायिक र आधुनिकीरण गर्दै उत्पादनमा वृद्धि गरी निर्यात गर्न सके विदेशमा गई श्रमबेच्ने स्थितिको अन्त्य भई स्वदेशमै आत्मनिर्भरता बढाउन सकिने अवस्था छ । त्यसैले हामीसँग भएका मैलिक वस्तु र श्रम तथा सिपको सदुपयोग गरी योजनाबद्ध तरिकाले अघि बढेका खण्डमा जैविक खेतीबाट  आत्म निर्भरता बढाउन सकिन्छ । 

Comments