Posts

Showing posts from November, 2021

solution by unknown

  पाठको आधारमा उत्तर दिनुहोस्: क) रासायनिक खेती र जैविक खेतीका बिचमा के फरक छ ?  उत्तर   विषादी लगायत हानिकारक तत्त्व प्रयोग नगरी गरिने खेती जैविक हो । यसमा मानिस तथा जीवका लागि हानिकारक हुने तत्त्वको प्रयोग हुँदैन  । तर  रासायनिक मल तथा कीट नाशक विषादीको प्रयोग गरेर गरिने खेती रासायनिक खेती हो भने परम्परागत जैविक वस्तुमा मात्र निर्भर रहेर गरिने खेती जैविक खेती हो ।  ख)   रासायनिक खेतीका बेफाइदाहरु के के हुन् ?  उत्तर  जैविक तत्त्वकै कमी भएर जमिन मरुभूमिमा परिणत हुने अवस्था सिर्जना हुन्छ । रासायनिक खेतीले बालीबिरुवाका मित्रलाई पनि असर पुर्याएको हुन्छ ।  शत्रु किराहरुको प्रतिरोधात्मक क्षमता बढ्न गई तिनलाई नियन्त्रण गर्ने क्र्रममा कडा विषादीको प्रयोेग गर्दा मानव स्वास्थ्यमा समेत गम्भीर असर पुग्न थालेको पाइन्छ । रासायनिक मलको प्रयागले कयान्सर, उच्च रक्तचाप, हृदयघात, मुटू, कलेजो र फोक्सो बिग्रिएको पनि पाइन्छ । यसरी रासायनिक मलको खेतीले मानव स्वास्थ्य, पर्यावरणीय सन्तुलन र जैविक विविधतामा गम्भीर सङ्कट उत्पन्न गर्नु यसका बेफाइदाहरु  हुन् ...